चितवनमा गैँडाको आक्रमणबाट दुई घाइते
चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार मंगलबार बिहान ६स्२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो ।
घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिए ।