मकवानपुरमा भूकम्पको धक्का महसुस

भूगाेल संवाददाता
१८ पुष २०८१, बिहीबार १४:४९

मकवानपुर । मकवानपुरमा भूकम्पको धक्का महसुस गरिएको छ । १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४।८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको धक्का सिन्धुपाल्चोकसहित, मकवानपुर, काठमाडौं, काभ्रे, नुवाकोट, धादिङ, र उपत्यकाका तीन जिल्ला र आसपासमा महसुस गरिएको थियो ।