मकवानपुरमा भूकम्पको धक्का महसुस
हेटौंडा। मकवानपुरमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिशेषगरी हेटौंडा उपमहानगरपालिका क्षेत्रमा भूकम्पको धक्का महसुस भएपछी घरभित्र रहेका केही परिवार वाहिर आगनमा निस्कीएका थिए । भूकम्पका कारण के कती क्षती भयो वा भएन भन्ने विवरण आइसकेको छैन ।
यसैगरी आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल(चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्रायः ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।
भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् । भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ । सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण गिरीले ठूलो धक्का महसुस भएको र क्षति भए(नभएको बारेमा बुझ्ने काम भइरहेको बताए ।