प्यूठानमा डस्टबिनभित्र नवजात शिशुको शव फेला
भूगाेल संवाददाता
३ माघ २०८१, बिहीबार १२:४०
प्यूठान । सरुमारानी गाउँपालिका–२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको छ । सालनालसमेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको हो प्रहरीले जनाएको छ ।
स्थानीयवासीले फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिए ।