मकवानपुर प्रहरीद्वारा बिलबिजक नभएका सामान बरामद
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब १ लाख ४० हजार रुपैँया बराबरको बिलबिजक नभएको अवैध लत्ताकपडा बरामद गरेको छ । बुधबार दिउँसो अन्दाजि १ बजेको समयमा हेटौंडा–१५ रातोमाटे चेकपोईन्टबाट प्रहरी नायव निरीक्षक बृजेश प्रसाद चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त सामान फेला पारेको हो ।
गौरबाट नारायणगढतर्फ जान हेटौंडातर्फ आउँदै गरेको प्र।०३–००२ ख २१७९ नम्बरको यात्रु बाहक बसलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त बसको पछाडीको डिक्किबाट बिल बिजक नभएको
१४५ पिस कुर्ति ४५ पिस साडी गरी अन्दाजि एक लाख चालिस हजार बराबरको सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।