कालीखोलामा मोटरसाइकल दुर्घटना, चालक खसे त्रिशूलीमा

काठमाडौं।चितवनको कालीखोलामा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूलीमा खसेका छन्। शुक्रबार इच्छाकामना गाउँपालिका५ कालिखोला पुल नम्बर ३ मा बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा चालक त्रिशूलीमा खसेका हुन्। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीका मोटरसाइकल सडकछेउको बारमा ठोक्किएको थियो।चालक त्रिशूलीमा खसेको र उनको खोजी उद्धार गर्ने काम भइरहेको उनले बताए। सडक छेउबाट लमजुङ चन्देश्वर घर भई चितवन भरतपुर महानगरपालिका–१ रामनगरका २७ वर्षीय भारतीय सेनामा काम गर्ने रोहित रानाको परिचय पत्र फेला परेको छ।दुर्घटनामा परेको मोटरसाइकलका चालक उनी नै हो वा होइन भन्नेबारे यकिन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।