आज – ०८ फाल्गुण २०८१ बिहिवार को राशिफल

भूगाेल संवाददाता
८ फाल्गुन २०८१, बिहीबार १०:१८

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा अनुभवी व्यक्तिहरूको साथ मिल्नेछ। भावनात्मक सम्बन्धहरूमा सावधान रहनुहोस्। प्रतिष्ठामा दाग लाग्न सक्छ। व्यापारिक निर्णयहरू भावनाले भन्दा बुद्धिले लिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक कारोबारमा आफ्नो दृष्टिकोण बदल्नुहोस् सफलता मिल्नेछ। स्वइच्छा अनुरूप कार्य गर्नमा सफल भइएला। सकारात्मक रहने प्रयास गर्नुहोस् समय अनुकूल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरुको आस गर्नुभन्दा आफ्नो कार्य स्वयं गर्ने प्रयास गर्नुहोस्। जग्गा जमिनमा गरेको लगानिबाट लाभ मिल्नेछ। आज सम्मानको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ प्रेम प्रसंग प्रारम्भ हुन सक्छ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परोपकारी कामले आफूलाई चिनाउन सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बुढौलीहरू नोक्सान पुर्‍याउने कोसिस गर्नेछन्। समयको साथ चल्नको लागि कार्यशैलीमा बदलाव गर्नुपर्ला। भावनात्मक सम्बन्धहरूलाई संगठित गर्नमा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) राजकीय मामिलाहरू सुल्झिनेछन्। सामुहिक कार्यमा सबैको सल्लाह लिनुहोस्। रोग प्रतिरोधात्मक क्षमता बढाउन पौष्टिक भोजनको सेवन गर्नुहोला । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) उद्योग व्यापारमा कानुन विपरीत कार्य नगर्नुहोला। घरमा मांगलिक कार्यको रूपरेखा बन्नाले मनमा उमंग र उत्साह जाग्नेछ। कलाको क्षेत्रमा मानसम्मान प्राप्त होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्यार्थीवर्गहरू लक्ष्यको लागि निरन्तर प्रयास गर्नुहोस् सफलता मिल्नेछ। नयाँ कार्य हात लाग्नाले आयमा वृद्धि हुनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक रोजगारमा बाधा आउनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। भौतिक संसाधन जुटाउनमा धन खर्च हुनेछ। घरपरिवारसँग मनोरंजनात्मक समय बित्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा समय लागे पनि कार्य बन्नेछ। नयाँ अवसरले कार्यमा थप उत्साह जगाउनेछ। दीर्घकालीन लाभ हुने कार्यको थालनी हुन सक्ला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सेवामूलुक कामबाट प्रतिष्ठा पाइनेछ। राजनीतिक कार्यमा सफल भइनेछ। लामो समयदेखि रोकिएको कार्य प्रारम्भ हुन सक्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मन मिल्ने साथीसँगको भेटघाटले मन आनन्दित रहनेछ। धार्मिक एवं सांस्कृतिक गतिविधिमा संलग्न हुन पाइएला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल