तेमालमा बस दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

भूगाेल संवाददाता
८ फाल्गुन २०८१, बिहीबार १०:२९

काभ्रे । तेमालमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा परी तेमाल गाउँपालिका वडा नम्बर १ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । दुर्घटनामा परी बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा धादिङबाट विवाहको जन्ती पुर्‍याएर फर्किने क्रममा ना ४ ख ८८१७ खाली बस ट्रनिङमा ब्याक गर्ने क्रममा बिहीबार बिहान ५स्४० बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको प्रहरीको भनाइ छ ।