आयुर्वेद तथा वैकल्पिक चिकित्सालय हेटौँडाबाट नौ हजारले लिए सेवा

मकवानपुर। मकवानपुरको हेटौँडामा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सात महिनाको अवधिमा नौ हजारभन्दा बढीले सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नौ हजार ४८ जनालाई सेवा दिइएको चिकित्सालयकी प्रमुख ललिता पाण्डेले जानकारी दिइन् । सेवा लिनेमध्ये चार हजार २७३ जना पुरुष रहेका छन् भने चार हजार ७७५ जना महिला रहेका छन् । चिकित्सालयमा गत आर्थिक वर्ष २०८०–८१ मा १७ हजार ६८० जनाले सेवा लिएको पाण्डेले बताए । उनका अनुसार औषधालयमार्फत २३ थरीका औषधि निःशुल्क वितरण गरर्नुका साथै सशुल्क फार्मेसी, पूर्वकर्म, पञ्चकर्म, योग परामर्श, पत्थ्य आहार सेवा प्रदान भइरहेको छ । यस्तै, प्रयोगशाला सेवा, निःशुल्क फिजियोथेरापी, ज्येष्ठ नागरिक सेवा, स्तनपायी कार्यक्रम, अकुपञ्चर सेवा र शल्य सेवा उपलब्ध रहेको चिकित्सालयका सूचना अधिकारी विनोदकुमार शाहले जानकारी दिए । औषधालयले केही समयमा नै हेटौँडा–२ स्थित नयाँ भवनबाट सेवा प्रदान गर्ने र थप सेवा विस्तार गरिने शाहले बताए ।