मकवानपुरमा ११ किलो लागुऔषध गाँजासहित एक युवक पक्राउ

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित पेन्चे भित्री सडकखण्डबाट प्रहरीले लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले चैनपुरतर्फबाट मनहरीतर्फ झोला बोकी हिँडिरहेका एक युवकलाई शंका लागि जाँच गर्दा उनको झोलाबाट १० किलो ९२० ग्राम लागुऔषध गाँजा फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको जिरा भवानी गाउँपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीय चन्दन चौधरी रहेका छन्। प्रहरीले चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जनाएको छ।