सुनको मूल्य घट्यो
भूगाेल संवाददाता
९ फाल्गुन २०८१, शुक्रबार १०:५६

काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७० हजार रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।