सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते

काठमाडौं। सिन्धुलीमा कारले मोटरसाइकलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका ५ बस्ने ३० वर्षीय सूर्यप्रसाद आचार्य र जितपुरसिमरा उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय लोकनाथ वाग्ले छन्।जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका सूचना अधिकारी प्रहरी निरिक्षक सुनिलप्रसाद चौरसियाका अनुसार घाइते आचार्यको अवस्था भने गम्भीर छ । उनीहरु दुवैको शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको उनले बताए । उनले काठमाडौंबाट विराटनगर जाँदै गरेको बीएसी १९७९ नम्बरको कारले कारको ठक्करबाट बर्दिबासबाट काठमाडौं जाँदै गरेको ना ३० प ८३२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जानकारी दिए ।