सुनको भाउ तोलामा ५ सय घट्यो

भूगाेल संवाददाता
२७ फाल्गुन २०८१, मंगलवार ११:०९

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ थियो । फागुन १३ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८४ रुपैयाँ रहेको चाँदी आज १९७० रुपैयाँमा झरेको छ ।