मकवानपुरमा भोलि र पर्सि जोन्सन एन्ड जोन्सनको कोरोनाको खोप लगाइदै

भूगाेल संवाददाता
११ श्रावण २०७८, सोमबार ०९:३९

मकवानपुर । मकवानपुर जिल्लामा भोलि साउन १२ र पर्सि १३ गते जोन्सन एण्ड जोन्सनको कारोना भाइरस विरुद्धको खोप लगाउने तयारी भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायले जोन्सन एन्ड जोन्सनको २३ हजार मात्रा खोप मकवानपुरमा आइपुगेको जानकारी दिए ।
मकवानपुरमा ५० बर्ष देखी ५४ बर्ष भित्रका, विदेश जाने र रातो तथा निलो परिचय पत्रबाहक अपाङगता भएकाहरुलाई प्राथमिकताका साथ खोप लगाइने स्वास्थ्य कार्यालयको तयारी रहेको उनले बताए ।

यो खोप लगाउँनका लागि अनलाईन फारम भर्नुपर्ने व्यवस्था गरिएको छ । फारम भरिसकेपछि प्राप्त हुने दर्ता नम्बर र परिचय पत्र लिएर आफूलाई पायक पर्ने नजिकको खोप केन्द्रमा गएर खोप लगाउन सकिने व्यवस्था मिलाइएको जनाइएको छ ।