विश्वकप २००६ : जिदान र रोनाल्डोको बिदाइ, इटलीलाई चौथो उपाधि

भूगाेल संवाददाता
२४ मंसिर २०७९, शनिबार ११:३१

काठमाडौं । दक्षिण अफ्रिकालाई थोरै मतले पछि पार्दै जर्मनीले एकीकरणपछि पहिलोपल्ट विश्वकप आयोजनाको अधिकार पायो । यो प्रक्रियामा जर्मन फुटबल संघले फिफा सदस्यसँग मत अरिद गरेको आरोप लागेको थियो ।

यो कामको नेतृत्व जर्मनीका लिजेण्ड तथा जर्मन फुटबल संघका प्रतिनिधि फ्रान्ज बेकनबाउरले गरेका थिए । यो प्रकरणको अनुसन्धान २०१६ मा सुरु भएको थियो । तर, कुनै निष्कर्षमा पुग्नुअघि नै २०२१ मा बन्द गरियो । सन् २०१८ मा फिफाले आफ्ना केहि नियम परिवर्तन गरेपछि यो प्रकरणको अनुसन्धान आवश्यक रहेन ।

कोस्टारिकाविरुद्धको आफ्नो पहिलो खेलमा फिलिप लाहमले पाँचौं मिनेटमै गोल गरेपछि आयोजक जर्मनीले विश्वकपमा सुखद सुरुवात गरेको थियो । जर्मनीले समूहमा बाँकी दुई खेल पनि जित्यो । अन्तिम १६ मा स्वीडेनलाई पनि हरायो । सेमिफाइनलमा उसले इटलीसँग हार बेहोरेको हो ।

साविक विजेता ब्राजिलले पनि समूह चरणमा यस्तै नतिजा निकालेको थियो । ३ खेल जित्दा ७ गोल गरेको थियो । अन्तिम १६ मा घानालाई हराएको ब्राजिलले क्वाटरफाइनलमा प|mान्ससँग पराजित भयो । यो खेलको नतिजा फ्रान्सका थिएरी हेनरीले निकै चुस्त रुपमा लिएको पि|mकिकबाट भएको थियो । जतिबेला ब्राजिलका स्टार रोवर्टो कार्लोस आफ्नो जुत्ताको तना बाँध्न ब्यस्त थिए ।