अजय देवगनको तेस्रो ठूलो फिल्म बन्यो ‘दृश्यम २’

भूगाेल संवाददाता
२५ मंसिर २०७९, आईतवार १०:५३

बलिउड फिल्म ‘दृश्यम २’ भारतीय अभिनेता अजय देवगनको तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ ।

फिल्मले प्रदर्शन भएको २३ दिन बितिसक्दा १९६ करोड भारु कमाएको छ । तर, फिल्मको कमाई अझै रोकिएको छैन । फिल्मले हालसम्म १९६ करोड भारु कमाइ गरी २०० करोड क्लबमा सामेल हुने तयारीमा छ ।

यो सँगै ‘दृश्यम २’ को अघि धेरै कमाइ गर्नेमा फिल्म ‘तानाजी’ र ‘गोलमाल अगेन’ छन् । यदि ‘दृश्यम २’ ले यस्तै कमाइ गरिरह्यो भने चाँडै ‘गोलमाल अगेन’ को लाइफटाइम कलेक्सनलाई पछाडि पार्ने छ । यसअघि २०२० मा फिल्म ‘तानाजी द अनसंग वारियर’ ले २७९.५५ करोडको लाइफटाइम कलेक्सन गरेको थियो भने २०१७ मा आएको उनको फिल्म ‘गोलमाल अगेन’ ले २०५.६९ करोड कलेक्सन गरेको थियो ।

‘दृश्यम २’ को बजेट करिब ६० करोड थियो । फिल्मले मात्र तेस्रो दिनमै ६४ करोड कलेक्सन गरेको थियो । अभिषेक पाठकले निर्देशन गरेको यस फिल्ममा अजय देवगन, तब्बु, श्रेया सरन, अक्षय खन्ना र इशिता दत्त मुख्य भूमिकामा छन् ।