सरकारलाई आत्म समीक्षा गर्दै अघि बढ्न नेपालकाे आग्रह

भूगाेल संवाददाता
२५ मंसिर २०७९, आईतवार १३:१२

नेकपा एकीकृत समाजवादी पार्टी (एस) का अध्यक्ष माधवकुमार नेपालले सरकारलाई आत्म समीक्षा गर्दै अघि बढन आग्रह गर्नुभएको छ ।

आज आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले यस्ताे आग्रह गर्नुभएको हाे । अध्यक्ष नेपालले कसैलाई दोष नदिई कमीकमजोरी हटाएर अघि बढन सरकारलाई सुझाव दिनुभएको हो ।

उहाँले ३ तहकै सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले मुलुकमा कायापलट ल्याउन ३ वटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने स्मरण समेत गराउनुभयो ।

अध्यक्ष नेपालले संविधानले प्रदत्त गरेका अधिकारहरु जनताले उपयोग गर्न पाउने गरी काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधि सवल ढंगले काम गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।