‘दृश्यम–२’ ले गर्‍यो २०० करोडको कलेक्सन

भूगाेल संवाददाता
२६ मंसिर २०७९, सोमबार ११:३२

‘दृश्यम–२’ ले बक्स अफिसमा राम्रो कमाई गरी २०० करोड भारु कलेक्सन गरेको छ ।

चौथो हप्तामा आउँदै गरेको फिल्मले २०३.५९ करोड भारु कमाएको छ । यसअघि २०२० मा अजयको फिल्म ‘ताना जी द अनसंग वारियर’ र २०१७ मा ’गोलमाल अगेन’ले २०० करोडभन्दा बढी कमाएको थियो ।

करिब ६० करोडको बजेटमा बनेको यो फिल्म अजय देवगनको करियरको दोस्रो ठुलो ब्लकबस्टर बन्न लागेको छ ।

‘दृश्यम २’ ले रिलिजको २३ औं दिनमा २०० करोडको आँकडा पार गरेको छ । यो फिल्म कुनै पनि विवादमा नभई रिलिज भएको थियो । अहिले  नयाँ फिल्म रिलिज भए पनि ‘दृश्यम २’ को कमाईमा खासै फरक परेको छैन ।

यसअघि २०२० मा फिल्म ताना जी द अनसंग वारियरले २७९.५५ करोडको लाइफटाइम कलेक्सन गरेको थियो । २०१७ मा आएको उनको फिल्म गोलमाल अगेनले २०५.६९ करोड कलेक्सन गरेको थियो ।