टर्कीले काठमाण्डौमा दूतावास खोल्ने

भूगाेल संवाददाता
२६ मंसिर २०७९, सोमबार ११:४४

युरोपेली देश टर्कीले काठमाण्डौमा आफ्नो दूतावास खोल्ने भएको छ । अहिलेसम्म भारतको दिल्लीमा रहेको टर्की दूतावासले नेपाललाई पनि हेर्दै आएकोमा अब काठमाण्डौमा खोल्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालका परराष्ट्र मन्त्री नारायण खड्का र गणतन्त्र टर्कीका समकक्षी मेव्लुत काभुसोग्लुबीच गएको शुक्रबार टेलिफोन संवादमा यस विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारेमा प्रष्ट पारेको हो ।

टर्की वैदेशिक रोजगारीको लागि नेपाल सरकारले मान्यता दिएको देश हो । पछिल्लो समय वैदेशिक रोजगारीको लागि युरोपेली देशमा जाने क्रम बढेको छ ।