महानगरको मैत्रीपूर्ण फुटबल खेलमा बालेन शाहको टिम पराजित
काठमाडौं । काठमाडौं महानगरपालिकाको ‘प्रमुख ११’ र ‘प्रमुख प्रशासकीय अधिकृत ११’ को मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ ।
२८औँ महानगर दिवसको अवसरमा दशरथ रंगशालामा आयोजित फुटबलमा महानगरका मेयर बालेन्द्र शाह (बालेन) को टिमले ६ गाेल खाएको हो ।
प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको टिम विजयी भएको छ ।
११ प्रमुख प्रशासकीय अधिकृतको तर्फबाट ६ र प्रमुखको तर्फबाट १ गोल प्रहार भएको थियो । महानगरका करिब ५० जना खेलाडी फुटबलमा सहभागी थिए ।
मेयर बालेन, उपमेयर सुनिता डंगोल, वडाअध्यक्ष र वडासदस्यहरू एकातर्फ र अर्कोतर्फ प्रमुख प्रशासकीय अधिकृत अधिकारीलगायत विभागीय प्रमुखहरूबीच प्रतिस्पर्धा भएको थियो ।
प्रमुख प्रशासकीय अधिकृततर्फ नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टिम पनि समावेश थियो । उपमेयर डंगोल रंगशालामा उपस्थित भएपनि फुटबल खेलिनन्। उनी बालेन समर्थक थिइन् ।