चितवनमा बिहे भोज खाएका २०० बढी बिरामी, केहि अस्पताल भर्ना

भूगाेल संवाददाता
२६ मंसिर २०७९, सोमबार १६:३७

 

चितवन । चितवनको भरतपुर बिहे भोज खाएका २०० बढी बिरामी भएका छन् । नवलपुरको गैडाकोटबाट भरतपुर जन्ती गएका उनीहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी परेका हुन् । भोज खाएपछि केटा र केटीपक्ष दुवैतर्फ बिरामी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

गैडाकोँट वडा नम्बर १ बाट गणेश ढकालको बिहेमा आफन्त र साथिभाई जन्ती आएका थिए । दुलही करिष्मा अधिकारीको घर हाकिमचोक भएपनि रिसोर्टबाट विहे भएको थियो । भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने,पखला लाग्ने समस्या भदेखिएको छ । विहे भोजमा करिब पाँचसय जनाले खाना खाएको प्रहरीले जनाएको छ । मासु खाएका सबै जना बिरामी भएको र त्यसमध्ये ३० जना नेशनल सिटी अस्पतालमा भर्ना भएका छन् ।