प्रेस काउन्सिलले इन्टर्नसीपमा ५ जना प्रशिक्षार्थी लिने
काठमाण्डौं । प्रेस काउन्सिल नेपालले इन्टर्नसीपमा जनशक्ति लिने जनाएको छ । काउन्सिलले आज एक सुचना प्रकाशित गर्दै सञ्चार माध्यमको अनुगमनलाई प्रभावकारी बनाउन तथा सञ्चार माध्यमको अभिलेखलाई व्यवस्थित बनाउन जनशक्ति लिने जनाएको हो ।
काउन्सिलका उपप्रशसकिय अधिकृत राधेश्याम अधिकारीका अनुसार १ जना आइटी पढेका र ४ जना पत्रकारिता विषयमा स्नातक वा सो सरह अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्नसीपमा राखिने बताउनुभयो । काउन्सिलले बिगतमा झै यसवर्षपनि इन्टर्नसीपमा जनशक्ति राखेर सञ्चार माध्यमको अनुगमन र त्यसको अभिलेख व्यवस्थित बनाउन प्रशिक्षार्थी राखिने जनाएको छ ।
साथै सूचना प्रविधिमा स्नातक गरिरहेका एक जनालाई आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, बायोडाटा र निवेदनसहित ७ दिनभित्र कार्यालयमा पेश गर्नपनि भनिएको छ ।
इन्टर्नसीपमा रहने प्रशिक्षार्थीहरुलाई तोकिएअनुसार खाजा, यातायात खर्च र कार्यअनुभवको प्रमाणपत्र उपलब्ध गराइने पनि उपप्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।