देश विकासमा सबैको योगदान रहोस् भनेर नयाँ अध्यादेश ल्याइएको सरकारको जिकिर

भूगाेल संवाददाता
२६ मंसिर २०७९, सोमबार १७:१२

सरकारले देशको आन्तरिक एकता तथा सहज वातावरणका साथ सबैलाई काम गर्न दिने उद्देश्यले अध्यादेश ल्याइएको जिकिर गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले केही व्यक्तिका विगतका गल्तीलाई माफी दिएर एकताका साथ देश विकास गर्ने उद्देश्यले सरकारले अध्यादेश राष्ट्रपतिकाेमा पठाएको जिकिर गर्नुभएको हो । ‘आपराधिक बाटोमा रहेका दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउने उद्देश्यका साथ अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेका छौँ, यसभन्दा अघिल्ला सरकारले पनि यस्ता अध्यादेश जारी गरेका छन् र माफी दिने कुरामा सहमति गरेका छन्’, कार्कीले भन्नुभयो ।

देशको आवश्यकतालाई केन्द्रमा राखेर नै सरकारले नयाँ अध्यादेश ल्याएको उहाँको दाबी छ । ‘देशरलाई योगदान गर्न चाहने सबैको चाहनालाई मध्यजनर गरेर ल्याइएको हो । देशलाई अहिले विकास र समृद्धि चाहिएको छ, त्यसको लागि सबैको योगदान रहोस् भन्ने उद्देश्यका साथ अध्यादेशको सिफारिस गरिएको छ’, उहाँले भन्नुभयो ।