रामचरण र उपासना विवाहको १० वर्षपछि आमाबुवा बन्दै

भूगाेल संवाददाता
२७ मंसिर २०७९, मंगलवार ११:०३

दक्षिण भारतीय अभिनेत रामचरण र उनकी श्रीमती उपासना कामिनेनी कोनिडेला विवाह भएको १० वर्षपछि आमा बुबा बन्न लागेका छन् ।

यो जोडी आफ्नो परिवारमा नयाँ सदस्यलाई स्वागत गर्न तयार छन् ।

रामचरण र उनकी श्रीमती उपासना कामिनेनी कोनिडेला विवाहको १० वर्षपछि छिट्टै आमाबुवा बन्न लागेका छन् । दुबैले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै फ्यानलाई यो खुसीको खबर दिएका छन् ।

राम चरणका पिता र तेलुगु फिल्मका मेगास्टार चिरञ्जिवीले सोसल मिडियामा यो खुसीको खबर सेयर गरेका हुन् । चिरञ्जिवीले सोसल मिडियामा हनुमानको एक तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन् ।

यो खुसीको खबर सुनेपछि फ्यानदेखि लिएर सेलिब्रेटीसम्म रामचरण र उपासनालाई बधाई दिइरहेका छन् । रामचरण र उपासनाले १४ जुन २०१२ मा विवाह गरेका थिए ।

विवाहअघि दुवैले १ वर्ष एक अर्कालाई डेट गरेका थिए । रामचरण र उपासना तेलुगु फिल्म उद्योगका चर्चित जोडी मध्ये एक हुन् ।