रोटरी क्लबद्वारा हेटौंडा अस्पताललाई अल्ट्रासाउण्ड मेसिन सहयोग

भूगाेल संवाददाता
२७ मंसिर २०७९, मंगलवार ११:१३

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई अल्ट्रासाउण्ड मेसिन सहयोग गरिएको छ । रोटरी क्लब अफ मकवानपुरले सोमबार एक कार्यक्रमबीच अस्पताललाई करिब १८ लाख रुपैयाँ पर्ने मेसिन सहयोगस्वरुप हस्तान्तरण गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटालाई मेसिन हस्तान्तरण गरेकी हुन् ।

मेसिन हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अध्यक्ष कृष्णबहादुर कार्की, रोटरी संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, पूर्वअध्यक्ष विजयकुमार श्रेष्ठ तथा रोटरी क्लबका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।