आज नेप्से ओरालाे लाग्याे
हिजो दोहोरो अंकले उकालो लागेको सेयर बजारमा आज बृद्धि टिक्न सकेन । आज नेप्से पुनः रातो रहेको छ । उतार चढावबीच बजार परिसूचक नेप्से अढाई अंक बराबरले ऋणात्मक रहेर १८ सय ९९ कायम भएर थामियो ।
हिजो डेढ अर्ब नजिक पुगेको कारोबार आज पौने अर्बमा खुम्चियो । आज ४ वटा समूह हरियो रहे बाहेक बाँकी ९ वटा समूह ओरालो लागे ।
निर्जीवन बीमा र जलविद्युत दोहोरो अंकले उकालो लाग्दा लघुवित्त र सामूहिक लगानी कोष मात्र हरियो रहे भने बाँकी सामान्य अंकले ऋणात्मक रहेका हुन् । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ४८ कम्पनीको २० लाख ५८ हजार कित्ता शेयर जम्मा ७८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यसमध्ये १ सय ४ कम्पनीको मूल्य घट्दा ९० को बढेको पनि नेप्सेले जनाएको छ । सीवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले भने आज पनि सबैभन्दा उच्च १० प्रतिशत कमाए ।