मुख्यमन्त्री पाण्डेद्धारा प्रदेशसभा बैठक कक्षहरुको निरीक्षण
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले निर्माणाधिन प्रदेशसभा बैठक कक्षहरुको निरीक्षण गर्नुभएको छ । बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका जनप्रतिनीधिहरुलाई सपथ ग्रहण गराउने समय नजिकिएसंगै ब्यबस्थापनको अबस्था बुझ्न मुख्यमन्त्री पाण्डे संसद सचिवालय पुग्नुभएको हो ।
मुख्यमन्त्री पाण्डेले प्रदेशसभाको निर्माणाधिन भवन, दलका कार्याकक्षहरु, बैठक कक्ष लगाएत प्राबिधिक पक्षहरुको समेत निरिक्षण गनुभयो । उहाँले बागमती प्रदेश सचिवालयका सचिब कृष्णहरी खड्कालाई सांसदहरुको गत कार्यकालमा बिभिन्न हैसियतमा रहेर बोलिएको अडियोहरु उपलब्ध गराउनुको साथै सांसद बैठकलाई प्रत्यक्ष प्रसारण गरेर जनतासम्म पहुँच बढाउन समेत सुझाब दिनुभयो । संघ र अन्य प्रदेशबाट आउनुभएका आगन्तुक माननियहरुको लागि पनि यहाँको गतिबिधीबारे अध्ययन गर्न सक्ने वातावरण सृजना गर्न समेत उहाँले सुझाउनुभयो ।
त्यसैगरी सचिब खड्काले १० दिनभित्र बैठक कक्ष मर्मत कार्य सकिने जनाउनुभयो । उहाँले अब केही महिनाभित्र नै नयाँ बैठक कक्ष निर्माण भैसक्ने समेत जानकारी दिनुभयो । यसैगरी प्रदेशसभा संचालनको अबधीमा संचार माध्यमहरुलाई सुचना संकलन र संप्रेषण गर्न सहज हुने कक्ष निर्माण गरिने समेत उहाँले जनाउनुभयो ।