जर्मनीले जित्यो मिस इन्टरनेसनलको उपाधि

भूगाेल संवाददाता
२८ मंसिर २०७९, बुधबार ११:२५

 मिस इन्टरनेसनल २०२२ को उपाधि जर्मनीले जितेको छ ।

२२ वर्षीया जर्मन प्रतियोगी जस्मिन सेलबर्गले यस वर्षको प्रतिष्ठित ताज जित्न सफल भएकी हुन् ।जापानको राजधानी टोकियोमा आयोजित ग्रान्ड फिनालेमा काबो भर्डी फस्ट रनरअप, पेरु सेकेण्ड, कोलम्बिया थर्ड र डोमिनिकन रिपब्लिक फोर्थ रनरअप घोषित भए ।

सन् २०२० र सन् २०२१ को संस्करण कोभिड महामारीका कारण हुन सकेको थिएन । यस पटक भने विश्व प्रतिष्ठित मिस इन्टरनेसनलको ६० औं संस्करणको प्रतिस्पर्धामा विश्वका ६६ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

यस पटकको पेजेन्टको नारा दिगो विकासका लागि सौन्दर्य राखिएको थियो । राष्ट्र संघीय सहश्राब्दी लक्ष्यको लोगो लगाएर प्रतिस्पर्धीहरूले र्‍याम्प गरेका थिए ।