निर्वाचित उम्मेदवारको जन्ममिति र उमेर नखुलाई विवरण पठाएपछि आयोगलाई संसद सचिवालयले पठायो पत्र

भूगाेल संवाददाता
१ पुष २०७९, शुक्रबार १४:३३

काठमाडौं । निर्वाचन आयोगले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको विवरण संसदलाई उपलब्ध गराएको छ । संसद् सचिवालयलाई निर्वाचन आयोगले बिहीबार उपलब्ध गराएको विवरणमा उमेदवारको जन्ममिति र उमेर उल्लेख नभएपछि निर्वाचन आयोगलाई सचिवालयले पत्र पठाएको छ ।

 

संसद्मा सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यले नेतृत्व गर्नुपर्ने भए पनि जन्ममिति र उमेर उल्लेख नहुँदा सचिवालयले राष्ट्रपतिलाई ज्येष्ठ सदस्यको नाम दिने र शपथ गराउने काम नै नहुने भएपछि सचिवालयले आयोगलाई जन्ममितिसहितको विवरण पठाउन पत्राचार गरेको हो ।