विष सेवनबाट मकवानपुरका बलामीको मृत्यु
भूगाेल संवाददाता
१ पुष २०७९, शुक्रबार १६:१७
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ५ खड्पु नेवार गाउँ बस्ने बुद्धिराम बलामीको विष सेवनबाट मृत्यु भएको छ ।
अन्दाजी ३० वर्षीय बलामीको सेलफस नामक विष सेवनबाट बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बलामीले आफ्नै घरमा श्रीमती वर्ष २४ की आस्था बलामीसंग झगडा गरी श्रीमतीलाई कुटपिट समेत गरी घाईते बनाई उपचारको लागी पाटन अस्पताल पठाई निजले आफ्नै घरमा विषादी सेवन गरेका थिए ।
विष सेवनबाट मृत्यु भएका उनको शव आज बिहान १० बजेको समयमा फेला परेका प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।