विश्व कप फुटबलमा मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

भूगाेल संवाददाता
३ पुष २०७९, आईतवार १०:२२

फिफा विश्व कप फुटबलमा मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो भएको छ । गएराति कतारको खलिफा मैदानमा भएको खेलमा मोरक्कोलाई २–१ गोलले हराउँदै क्रोएसिया तेस्रो भएको हो । पराजित मोरक्को चौथो भएको छ ।

क्रोएसियाको जितमा जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक/एक गोल गरे । मोरक्कोका अच्राफ दारीले एक गोल फर्काए । खेलको सातौंँ मिनेटमा जोस्कोले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, खेलको नवौँ मिनेटमा नै दारीले गोल गरी मोरक्कोलाई बराबरीमा ल्याए ।

क्रोएसियाका सोरिसिचले खेलको ४२ औँ मिनेटमा गोल थपे । प्रतिस्पर्धात्मक खेलमा त्यसपछि थप गोल हुन सकेन । सेमिफाइनलमा साविक उपविजेता क्रोएसिया अर्जेन्टिनासँग ३–० गोल र मोरक्को साविक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो । उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् ।