राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन
भूगाेल संवाददाता
४ पुष २०७९, सोमबार ११:१७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले रविलाई संसदीय दलको नेता चयन गरेको हो ।
दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन बाँकी रहेको रास्वपाले जनाएको छ । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ ।