वामपन्थी शक्तिहरूको सरकार बन्ने सम्भवना छैन : खनाल

भूगाेल संवाददाता
४ पुष २०७९, सोमबार १३:०१

 

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरूको सरकार बन्ने सम्भवना नरहेको बताएका छन् ।  नवनिर्वाचित सांसदलाई बधाई दिँदै उनले आउने हप्तासम्ममा सरकार कस्तो बन्छ भन्ने देखिने बताए ।

 

“वामपन्थी सरकार बन्नुपर्छ भन्ने कुरा गर्दैछन् । वामपन्थी सरकार बन्ने आधार हिजोको नेकपा एमालेको नेतृत्वले तोडेको छ । त्यसलाई नयाँ निर्माण गरिएको छैन । वामपन्थी सरकार बन्छ भन्ने मलाई लाग्दैन,” खनालले भने ।

 

खनालले बामलोकतान्त्रिक शक्तिहरूको सरकार बन्ने सम्भावना प्रवल रहेको बताए । “अरु सरकारको कुरा पनि आउँदै छ । सबैभन्दा बढी सम्भव भनेको बामलोकतान्त्रिक शक्तिहरूको सरकार नै हो,” उनले भने ।