कतार विश्व कपमा अहिलेसम्मकै सर्वाधिक गाेलकाे रेकर्ड
कतारमा सम्पन्न विश्व कप फुटबलमा अहिलेसम्मकै सर्वाधिक गोलको रेकर्ड कायम भएको छ । यो वर्ष कतारमा सम्पन्न विश्व कपमा एक सय ७२ गोलको कीर्तिमान बनेको छ ।
आइतवार राति भएको अर्जेन्टिना र फ्रान्सबीच भएको विश्व कप फाइनलमा दुवै टिमले बराबर तीन गोल गर्दै कुल छ गोल गरि खेललाई सनसनीपूर्ण र रोमाञ्चक बनाएका थिए । फाइनल खेलको अतिरिक्त ३० मिनेटमा पनि गोल अन्तर बराबर बनेपछि भएको पेनाल्टी शुटआउटमा साविक विजेता फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना उपाधि जित्न सफल भएको हो ।
कतार विश्व कप अहिलेसम्मकै सर्वाधिक गोल हुने प्रतियोगिता भएको छ । सन् २०२२ को विश्व कपमा एक सय ७२ गोल भएको छ । सन् १९९८ र २०१४ को खेलहरूमा भएका समान एक सय ७१ गोलभन्दा यो एक गोलमात्र बढी हो ।
स्पेनले कोस्टारिकालाई ७–० ले हराएको र इङ्ग्ल्यान्डले इरानमाथि ६–२ को जित हात पार्दा पनि समूह चरणमा छ गोलरहित बराबरी खेल भएका थिए ।
सन् २०२६ को संस्करणमा लगभग निश्चितरूपमा गोलको नयाँ रेकर्ड हुनेछ किनकि विश्व कप ४८ टोलीमा विस्तार हुनेछ । यसको अर्थ न्यूनतम ८० खेलको साथ हुने प्रतियोगिताले धेरै गोल पाउने नै छ ।
फिफाले १२ टोलीको चार समूह वा १६ टोलीको तीन समूहमा खेलाउने निर्णय गर्नेछ ।
कुन देशले कति गाेल गरे ?
क्र. सं. देश खेल गाेल
१ फ्रान्स ७ १६
२ अर्जेन्टिना ७ १५
३ इङ्ग्ल्यान्ड ५ १३
४ पाेर्चुगल ५ १२
५ नेदरल्यान्ड्स ५ १०
६ स्पेन ४ ९
७ ब्राजिल ५ ८
८ क्राेएसिया ७ ८
९ जर्मनी ३ ६
१० माेरक्काे ७ ६
११ सेनेगल ४ ५
१२ जापान ४ ५
१३ स्विट्जरल्यान्ड ४ ५
१४ सर्बिया ३ ५
१५ घाना ३ ५
१६ दक्षिण काेरिया ४ ५
१७ अस्ट्रेलिया ४ ४
१८ इक्वेडर ३ ४
१९ इरान ३ ४
२० क्यामरुन ३ ४
२१ पाेल्यान्ड ४ ३
२२ साउदी अरेबिया ३ ३
२३ काेस्टारिका ३ ३
२४ अमेरिका ४ ३
२५ क्यानडा ३ २
२६ उरुग्वे ३ २
२७ मेक्सिकाे ३ २
२८ वेल्स ३ १
२९ ट्युनिसिया ३ १
३० कतार ३ १
३१ डेनमार्क ३ १
३२ बेल्जियम ३ १
जम्मा १७२