माओवादी केन्द्रले सांसदकाे शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने

भूगाेल संवाददाता
५ पुष २०७९, मंगलवार १३:१७

नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ ।

नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवम् माओवादीका युवा नेता माधव सापकोटाले जानकारी दिनुभयो ।

शपथपछि संसदीय दलको बैठक बस्ने उहाँको भनाइ छ । माओवादीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुने उहाँको दाबी छ ।

सङ्घीय संसद् सचिवालयले यही पुस ७ गते प्रतिनिधि सभाका सदस्यलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । प्रतिनिधि सभामा माओवादीको १८ प्रत्यक्ष र १४ समानुपातिक गरी कुल ३२ सांसद छन् । केही दिनअघि बसेको माओवादीको केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउँदा सही हुने निष्कर्ष निकालेको थियो ।