स्थायित्व र रुपान्तरणका लागि थापालाई प्रस्ताव गरेको हुँ : कोइराला
काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायित्व र रूपान्तरणका लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन् ।
आज मङ्गलवार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रस्तावकका रूपमा काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर नेता कोइरालाले यस्तो बताएका हुन् । उहाँले आउँदो पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनलाई हेर्दै अघि बढ्ने बताए ।
उनले भने, ‘गगन थापाले भनेजस्तै स्थायित्व र निरन्तरताका लागि हामीले उहाँलाई संसदीय दलको नेतामा अगाडि सारेका हौँ ।’
नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्।