पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

भूगाेल संवाददाता
५ पुष २०७९, मंगलवार १६:५२

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५७४ जनाको नमूना परीक्षण गरिएको थियो ।

 

२७५ जनाको पीसीआर र २९९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मंगलबार ३ जना संक्रमणमुक्त भएका छन् भने देशभर १९ जना सक्रिय संक्रमित रहेका छन् ।

 

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।