काठमाण्डौं धोबिखोला किनारमा अतिक्रमित संरचनामा महानगरको डोजर चल्यो

भूगाेल संवाददाता
६ पुष २०७९, बुधबार १३:५५

 

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित धोबीखोला किनारमा अतिक्रमित संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेको भागाभाग भएको छ ।

 

महानगरपालिकाको डोजरले अतिक्रमित संरचना भत्काउन थालेपछि टहरामा व्यापार गर्दै आएकाहरुले धमाधम सामान सार्न थालेका हुन् । डोजरले आफूले व्यापार गर्दै आएको र बस्दै आएको ठाउँ भत्काउने भएपछि उनीहरुले सामान सार्न थालेका हुन् ।