चीनमा कोरोना संक्रमण दर पुनः बढ्दै, ८० करोड मानिसमा संक्रमणको खतरा
काठमाडौं । चीनमा कोरोना संक्रमणको दर पुनः बढ्दै गएको छ । चीनका स्वास्थ्य अधिकारीले अबका केही महिनामा कोरोना संक्रमणबाट ८० करोड मानिस संक्रमित हुन सक्ने बताएका छन् ।
एनपीआरको रिपोर्टमा चीनमा कोरोनाका कारण पाँच लाख मानिसको मृत्यु हुन सक्ने अनुमान गरिएको छ । तर, आधिकारिक आँकडा त्योभन्दा कम हुने बताइएको छ ।
चीनबाहेक जापान, दक्षिण कोरिया, भारतलगायत देशहरूमा पनि कोरोना संक्रमण तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ । संक्रमण बढ्दै गएपछि भारतमा समेत उच्च सतर्कता अपनाइएको छ । बीबीसी हिन्दीबाट ।