आज शेयर बजार फेरि घट्यो

भूगाेल संवाददाता
६ पुष २०७९, बुधबार १६:२४

 

काठमाण्डाै । शेयर बजार आज बुधवार फेरि घटेको छ । हिजो मङ्गलवार र अस्ति साेमवार सामान्य सुधार भएको शेयर बजार आज पाँच दशमलव ८९ अङ्कले घटेर एक हजार आठ सय ६७ दशमलव २२ अङ्कमा झरेको छ ।

 

आज बैकिङबाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।

 

बजार घटेकाे दिन दुई सय ५२ वटा कम्पनीकाे २४ लाख ४० हजार कित्ता शेयर ८६ करोड ३८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ११ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

 

आज पञ्चकन्यामाई हाइड्रोपावरको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आँधीखोला लघुवित्त वित्तीय संस्था र शृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ ।