झलनाथ खनालसहितले पुनः मतदानको माग गर्दै दायर गरेको रिटमा सर्वोच्चद्धारा कारण देखाऊ आदेश

भूगाेल संवाददाता
६ पुष २०७९, बुधबार १६:२७

 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसहितले पुनः मतदानको माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश जारी भएको छ ।

 

बुधबार प्रारम्भिक सुनुवाइपछि सर्वोच्चको संवैधानिक इजलासबाट कारण देखाऊ आदेश जारी भएको हो ।

खनालले इलाम क्षेत्र नम्बर–१, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले रुपन्देही–२ र नेकपा (एमाले)का उमेदवार कर्णबहादुर थापाले बाजुरामा पुनः प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन माग गर्दै रिट दायर गरेका थिए ।

 

यस्तै, एमालेका बलदेव रेग्मीले बाजुरा ‘क’मा पुनः प्रदेशसभा सदस्य निर्वाचन गराउन माग गरेका थिए ।