स्वास्थ्यमा अब कुल बजेटको १० प्रतिशत छुट्ट्याउनुपर्ने

भूगाेल संवाददाता
६ पुष २०७९, बुधबार १६:३०

 

काठमाडौं । सरकारले स्वास्थ्यमा अब कुल बजेटको १० प्रतिशत छुट्ट्याउनुपर्ने आर्थिक नीति पारित गरिएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकबाट राष्ट्रिय स्वास्थ्य वित्त रणनीति पारित गरिएको हो ।

 

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका दुई/दुई नीति पारित गरिएको छ ।

 

स्वास्थ्य मन्त्रालयले पेस गरेका राष्ट्रिय स्वास्थ्य वित्त रणनीति, २०७९–२०८९ र स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०७० पारित भएको हो । वित्त रणनीतिमा स्वास्थ्य क्षेत्रमा कुल बजेटको १० प्रतिशत लगानी पुर्‍याउनुपर्ने उल्लेख छ ।

 

स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीतिमा महिला, बालबालिका, मधेसी, दलित, पिछडिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिलाई पनि स्वास्थ्यमा समान अधिकारको विषय समावेश छ ।