सन्दिप लामिछानेलाई थुनामा राख्ने आदेश विरुद्ध उच्च अदालतमा सुनुवाई हुँदै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदनमा आज सुनुवाइ हुँदै छ ।
लामिछानेको तर्फबाट उच्च अदालत पाटनमा दायर पुनरावेदनको न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा सुनुवाइ तोकिएको छ ।
लामिछानेको तर्फबाट उनलाई थुनामा राख्न जिल्ला अदालतबाट भएको आदेश बेरीतको आदेश भएको भन्दै सोविरुद्ध पुनरावेदन दायर भएको हो ।