इजरायली सैनिकबाट प्यालेस्टाइनी फुटबलर मारिए

भूगाेल संवाददाता
८ पुष २०७९, शुक्रबार १६:४०

 

काठमाडौं । इजरायली सैनिकबाट प्यालेस्टाइनका एक फुटबलर मारिएका छन् । प्यालेस्टाइनका स्वास्थ्य अधिकारीहरूले बिहीबार इजरायलको सैनिकबाट एक फुटबलरसँगै पाँचजना मारिएको पुष्टि गरेका हुन् ।

 

प्यालेस्टिनी सहर जोसेफको चिहानमा इजरायली सैनिकविरुद्ध निस्किएको प्यालेस्टिनी जुलुसमा रहेका २३ वर्षीय फुटबलर अहमद अतेफ दाराघमेहलाई इजरायली सेनाले बर्साएको गोली लागेको थियो ।

इजरायली सेनाले गरेको गोलाबारीबाट घाइते भएका फुटबलर अहमद दाराघमेहको मृत्यु भएको प्यालेस्टाइनका स्वास्थ्य अधिकारीहरूले बताएका हुन् । दाराघमेहले उक्त भीडको समर्थनमा सडकमा आएका हो वा होइन भन्नेबारे भने हालसम्म स्पष्ट खुलेको छैन ।

 

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार डोबास सहरका दाराघमेह थाकफी तुल्कार्म फुटबल क्लबबाट प्यालेस्टाइनको शीर्ष डिभिजन लिग वेस्ट ब्यांक प्रिमियर लिग खेल्थे ।

इजरायली सेनाले भने आफूहरूमाथि विस्फोटक प्रहार र गोली प्रहार गर्ने प्यालेस्टाइनीहरूविरुद्ध जवाफी आक्रमण गरेको जनाएको छ ।

 

निशेधित क्षेत्र गाजापट्टीलाई नियन्त्रण गर्ने प्यालेस्टिनी समूह हमासले भने दाराघमेह आफ्नो संगठनको सदस्य भएको बताएको छ । तर, हमासले पनि उनी मारिएपछि दाराघमेह लडाइँमा संलग्न थिए वा थिएनन् भने खुलाएको छैन ।