काठमाडौंले फार वेस्टलाई दियो ९९ रनको लक्ष्य
काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको आजको पहिलो खेलमा काठमाडौं नाईट्सले फार वेस्ट युनाईटेडलाई जितका लागि ९९ रनको सामान्य लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ सुरू गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनायो ।
काठमाडौंका लागि एलेक्स ब्लेकले अविजित ४५, कप्तान ज्ञानेन्द्र मल्लले १३ र सन्तोष कार्कीले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
फार वेस्टका लागि उमर अलिले ३, हजमतुल्लाह शाहिदी, भुवन कार्कीले समान २/२ तथा शेर मल्लले १ विकेट लिए ।