भारतीय अभिनेता विवेक ओबरोयले दिए प्रधानमन्त्री प्रचण्डलाई बधाई

भूगाेल संवाददाता
११ पुष २०७९, सोमबार १३:३६

 

हेटौंडा । भारतीय अभिनेता विवेक ओबरोयले नेपालको प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री बन्नु भएकोमा बधाई ज्ञापन गरेका छन् । सोमबार उनले आफ्नो अफिसियल फेसबुक पेज मार्फत प्रचण्डलाई बधाई ज्ञापन गरेका हुन् ।

 

उनले भर्खरै प्रचण्डसंग भेट हुँदा पाएको न्यानो माया र आतिथ्यताले प्रभावित बनाएको र यसले देशको विनम्रता र सांस्कृतिक करणालाई दर्साउने बताए ।

 

उनले प्रचण्डको फेसबुक पेजमा एटेज गर्दै लेखेका छन्– ‘तेस्रोपटक सुन्दर नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा श्री प्रचण्ड ज्यूलाई बधाई ।’  ‘भर्खरै तपाईसंग भेट्ने सौभाग्य मिल्यो, यहाँले हामीलाई दिनुभएको न्यानो र प्रेमपूर्ण आतिथ्यताले नै यस देशको विनम्रता र सांस्कृतिक करुणालाई दर्साउँछ ।’