नेपाल टी–२० : सुपर ओभरमा लुम्बिनीले फार वेस्टलाई हरायाे

भूगाेल संवाददाता
१३ पुष २०७९, बुधबार १३:३१

नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाइटेडलाई हराएकाे छ ।

त्रिवि क्रिकेट मैदानमा आज बुधवार भएकाे पहिलाे खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरलाई हरायाे । सुपर ओभरमा लुम्बिनीले दिएकाे २० रनकाे लक्ष्य पछ्याएकाे फार वेस्टले १० रनमात्र बनाउन सक्याे ।

यसअघि फार वेस्टले दिएकाे एक सय ३८ रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनीले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय ३७ रन बनायाे । लुम्बिनीका लागि गुलसन झाले नटआउट ३६, लाहिरु मिलन्थाले ३४ र विपुल शर्माले ३१ रन बनाए । फार वेस्टका करण केसी र शेर मल्लले दुई/दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे फार वेस्टले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३७ रन बनायाे । फार वेस्टका लागि देव खनालले ४८ र हशमतुल्लाह शाहिदीले ३२ रन बनाए । लुम्बिनीका श्याडली भान स्खलक्विकले दुई विकेट लिए ।

लुम्बिनी लगातार चाैथाे जित निकाल्दै आठ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । एक खेल कम खेलेकाे फार वेस्ट दुई अङ्कसहित चाैथाे स्थानमा छ ।