चौथो संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता पुस २६ गते सुरु हुने
थाहा । चौथो संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता पुस २६ गतेदेखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ थाहा नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको जन्मोत्सव पारेर रुदाने कै स्मृतिमा हरेक बर्ष पुस २६ मा प्रतियोगिताको आयोजना हुदै आइरहेको छ ।
थाहा नगरपालिकाको खेल मैदान इन्द्रायणी चौरमा संचालन हुदै आइरहेको प्रतियोगितामा पहिलो सस्करणमा १२ टोलीको सहभागिता रहेकोमा दोश्रो र तेश्रो सस्करणमा ३२ / ३२ टोलीको सहभागिता रहेको थियो । अगाडिको सस्करणमा २५ हजार दर्शकले भौतिक उपस्थितिमा तथा ५ लाख दर्शकले अनलाइनमा प्रतियोगिताको लाइभ प्रसारण हेरेका थिय ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा काठमाडौं,धादिंग,हेटौडा,चितवन,सिमरा लगायतका टोलीले भाग लिदै आइरहेको प्रतियोगिताका सदस्य यादव रायमाझीले बताए । बिगतमा सफलतापुर्वक सम्पन्न थाहा गोल्डकप बाट उत्पादित स्थानीय खेलाडीहरुले जिल्ला प्रदेश र राष्ट्रिय स्तरमा आफ्नो पहिचान गराउनको निम्ति प्रतियोगिताको औचित्य भएको खेलकुद बिकास समितिका सदस्य सचिव अनिल लामिछानेले बताउनुभयो ।
थाहा गोल्डकप बाट मकवानपुर जिल्लालाई खेलको माध्यम बाट परिचित गराउन समेत सहयोग पुर्यायको उल्लेख गर्दै आगामी दिनमा राष्ट्रिय स्तरको टिममा जिल्लाको उत्तरी भेगको थाहा नगरपालिकाको समेत प्रतिनिधित्व हुने बातावरण बनाउन सफल हुने हुदा प्रतियोगिताको आवश्यकता बढेर गएको बताए । चौथों संस्करणको प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजकको अनुमान छ ।
१० दिन सम्म चल्ने प्रतियोगिताको लागि टिम दर्ता गर्न आव्ह्वान गर्दै आयोजकले दर्ता शुल्क प्रति टिम १२ हजार र कार्ड डिपोजिट ३ हजार शुल्क तोकेको छ । यस बर्ष देखि पुरस्कार राशिमा बृद्दि गर्दै १ लाख बाट बढाएर नगद २ लाख पुर्याउदै उपबिजेताले नगद १ लाख पुरस्कार पाउने छन् । नगद बाहेक शिल्ड, प्रमाणपत्र तथा मेडल सहित प्रत्यक म्याचमा म्यान अफ दि म्याच घोषणा तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।