भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा
भारतीय क्रिकेट टिमका विकेटकिपर ऋषभ पन्त चढेकाे कार दुर्घटना भएकाे छ । उत्तराखण्डकाे प्रदेशकाे रुडकीमा आज शुक्रवार भएकाे कार दुर्घटनामा ऋषभ पन्त गम्भीर घाइते भएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार क्रिकेटर पन्तकाे कार उत्तराखण्डकाे रुडकीमा डिभाइडरसँग ठाेक्किएकाे हाे । कारमा ऋषभ एक्लै रहेका र आफैँले कार चलाइरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई उपचारका लागि देहरादूनकाे म्याक्स अस्पतालमा भर्ना गरिएकाे छ ।
दुर्घटनापछि कारमा आगाे लागेकाे र ऋषभ झ्याल फाेडेर बाहिर निस्किएका सञ्चारमाध्यमले जनाएका छन् । उनकाे खुट्टा र शरीरकाे केही भागमा गम्भीर चाेट लागेकाे र अहिले खतरामुक्त रहेका डाक्टरहरूले बताएका छन् । अहिले उनकाे अवस्था खतरामुक्त छ ।
कार चलाउँदा पन्त निदाएकाले कारले नियन्त्रण गुमाएर डिभाइडरमा ठाेकिएकाे प्रहरी अधिकारीहरूले बताएका छन् । उनी कारबाट उत्तराखण्डमा रहेकाे आफ्नाे घर जाँद थिए ।