नेपाल टी–२० लिगमा लुम्बिनीले विराटनगरलाई हरायाे
नेपाल टी–२० लिग क्रिकेट प्रतियाेगितामा आज आइतवार भएकाे दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किङ्ग्सलाई १२ रनले हराएकाे छ ।
लुम्बिनीले दिएको एक सय २३ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा एक सय १० रनमा अलआउट भयो । विराटनगरका अर्जुन साउदले सर्वाधिक ४१ रन बनाए । लुम्बिनीका तिलक भण्डारी, ह्यारी टेक्टर र शाड्ली भान स्चाल्कवेकले दुई/दुई विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय २२ रन बनायाे । लुम्बिनीका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ५० रन बनाए । विराटनगरका नन्दन यादव, सूर्य तामाङ र विवेक यादवले दुई/दुई विकेट लिए ।
याे जितसँगै लुम्बिनी सात खेलमा १२ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ भने विराटनगर छ खेलमा चार अङ्कसहित पाँचौँ स्थानमा छ ।